नेताहरु बिहानैदेखि कोही पूर्व, कोही पश्चिम
विभिन्न दलका नेताहरु आज बिहानैदेखि राजधानीबाट बाहिरिएका छन् । पूर्व सभामुख तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङ बिहान ७ बजे बुद्ध एअरको उडानमा पोखरा जानुभएको छ । उहाँसँगै सोही उडानमा पूर्वमन्त्री तथा माओवादी नेता देवेन्द्र पौडेल पनि त्यता जानुभएको बताइएको छ ।
बुद्ध एअरको उडानमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिहान पौने ९ बजे जनकपुर प्रस्थान गर्नुभएको छ । उहाँसँगै सोही उडानमा पूर्वमन्त्री तथा माओवादी नेता गिरिराजमणि पोखरेल र ए…