मदन भण्डारीको हत्यामा काँग्रेसको संलग्नता रहेको ओलीको आशंका
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्यामा नेपाली कांग्रेसका नेताको संलग्नता आशंका गर्नुभएको छ । पुराना कांग्रेसी नेता उमेश गिरीले उक्त तथ्य खुलासा गरेको भन्दै ओलीले त्यस्तो आशंका गर्नुभएको हो ।
बल्खुमा आयोजित ३० औं मदन-आश्रित दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विराटनगरका गिरीलाई हत्या गर्ने जिम्मेवारी दिन खोजिएको बताउनुभयो ।
‘मैले भनिराख्नु पर्दैन, कहाँ कसरी उहाँ (मदन–आश्रित) हरूको हत्या भएको थियो । त्यस सन्दर्भमा …