शरणार्थी काण्डमा एमाले उपाध्यक्ष तानिने, बादलका सुरक्षा सल्लाहकारमाथि प्रहरी हिरासतभित्र झण्डै मुक्का
सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाउन रचिएको काण्डका मतियारहरु धमाधम पक्राउ परेका छन् । तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई हिजो पक्राउ परेपछि आज पूर्व गृह तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे प्रहरी नियन्त्रणमा पुगेका छन् । उनलाई काठमाडौं जिल्ला अदालतमा पुर्याएर म्याद थपसमेत गरिएको छ ।
एमाले सचिव तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप र बादलका छोरा प्रति…