भित्र्याउने जर्नेलकी बुहारी,रानी साहेबहरुलाई निम्तो र सारी
भन्न त फौजमा कडा अनुशासन हुन्छ भनिन्छ । तर,अनुशासनका नाममा चाकडी,चाप्लुसी र जीहजुरी पनि फौजमै हुन्छ । सेना,प्रहरीमा हाकिमलाई खुशी पार्न कोसेली पुर्याउन जाने सामन्तवादी चिन्तन अहिले पनि छ । यसको पछिल्लो उदाहरण हो,अघिल्लो हप्ता बिहाको निम्तोमा एक जना जर्नेलले 'रानी साप' हरुलाई साडी बाँडेको प्रकरण ।
एक जना एक तारे जर्नेलले आफ्ना छोराको विवाह अर्को दुई तारे जर्नेल (हुनेवाला चिफ) को छोरीसँग पक्का गरेका थिए । धुमधामका साथ छोराको बिहे गर्न लागेका जर्सापले से…