कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो ।
परीक्षामा सामेल हुन चाहने इच्छुकयोग्य नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका, फौजदारी अभियोगमा अदाल…