साप्ताहिक समाचार

राम्री हुनु पनि अभिषाप हो जिन्दगीमा

केही हुन्छन्, फूलको थुँगाझैं सधैँ आँखाकै वरपर राखिरहुँ झैं लाग्ने, अत्यन्त प्रेमले सँगालेर । अनि हुन्छन् केही आफन्त आँखाको कसिंगरझैं । अरूलाई सताउन र पीडा दिनकै लागि जन्मिएका शैतानी स्वभावका एक जना आफन्तबाटै लुटिएको छ मेरो जिन्दगी । फुल्न नपाई कोपिलामै चुडिएँ र, जिन्दगी बन्न पुगेको छ वल्लो घाट न पल्लो तीरको । दुःख र अभाव झेल्नुभयो बुवा–आमाले । दुई दिदी र दुई दाजुपछिको कान्छी । दिदीको शरीर हेर्नलायक थिएन । शरीरभरि एक किसिमको सेतो दाग (दुबी) ले कुरूप बनाइदिएक…

Page 188 of 283