बिदेशीलाई ठगेर जेल बस्नेको मुद्दामा अर्को वर्ष पेशी
बैकिङ्ग कसूरमा लामो समयदेखि थुनामा रहेका लमजुङ्ग निवासी गमबहादुर लामिछानेद्वारा दायर पुनरावेदन मुद्दाको पेशी स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी चढेको मुद्दा पुनरावेदकको कानुन व्यवसायीबाट स्थगित गरिएको हो ।
खुमबहादुर थापासमेतलाई विपक्षी बनाएर दायर मुद्दाको दर्ता नम्बर ०७९–आरबी–०१९६ रहेको छ । उक्त मुद्दाको अर्को पेशी २०८२ जेठ ५ गतेलाई तोकिएको छ । अस्ट्रेलिया बस्ने डलर अर्बपति शेष घलेका नक्क…