सरकारले सुनेको, पढेको र देखेको चीन
– नारायण नेपाल
चीन बन्द समाजबाट विस्तारै खुला समाजतिर अघि बढिरहेको छ । चीन विश्वका विभिन्न राज्य व्यवस्थासँग प्रतिष्पर्धा गरेर आफूलाई अब्बल सावित गर्ने यात्रामा छ । चीन धेरैको चासो, जिज्ञासा र कौतुहलताको विषय पनि हो । चीन बुझ्न उपयोगी पुस्तक हो, दिपक सरकारको नियात्रा वर्णन– चीन सुनेको, पढेको, देखेको । आजको चीन र उसको विकासमा छलाङले दुनियाँलाई चकित पारेको छ । भाषा शैली तथा राज्यको नीतिका कारण नेपालीले दक्षिण छिमेकी भारतभन्दा चीन बारे बुझ्न जटिल छ । नेपा…