नेकपा एमाले

एमालेले बोलायो दलको बैठक

सत्तारुढ नेकपा एमालेले संसदीय दलकाे बैठक बोलाएको छ । भोलि बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको हो ।   संसदीय समितिहरूमा विचाराधीन विधेयकबारे छलफल गर्न बैठक बस्न लागेको बुझिएको छ । आज दिउँसो बसेको सत्तारुढ गठबन्धन, संयुक्त कार्यदलको बैठकले विचाराधीन विधेयकका विषयमा आ-आफ्नो दलमा आन्तरिक छलफल गर्ने निर्णय गरेको थियो ।  पूर्वउपाध्यक्ष भीमबहादुर रावलसहित तीन नेतामाथिको कारवाहीपछि पार्टीपंति तरंगित भैरहेका बेला …