अग्र र पश्चगमनको दोबाटोमा उभिएका यी पात्र
उच्चस्तरीय संयन्त्रका अध्यक्ष केपी ओलीद्वारा नियन्त्रित वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु विभिन्न विचार भएका र कसूरमा मुछिएका पात्रहरुलाई लिएर सरकार चलाउनुपर्ने बाध्यता छ । त्यसमाथि एमाले अध्यक्षकोे अनियन्त्रित र अनपेक्षित जुनसुकै बेलाको दबाबले प्रचण्ड थिचिएको महसुस गर्दै हुनुहुन्छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । एक त पृथक् विचार भएका राजतन्त्र पक्षधरसँग माओवादीले मन्त्रिमण्डलमा सहकार्य गर्नुपरेको छ अनि केही मन्त्रीको विगतका कारण पनि सत्ता सञ्चालन…