सर्वाधिक कमाउने चलचित्रका निर्मातालाई सम्मान गरिँदै
चलचित्र विकास बोर्डले पाँच करोड रुपैयाँभन्दा माथि आम्दानी गर्ने दुई दर्जन बढी चलचित्रका निर्मातालाई सम्मान गर्ने भएको छ । आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा बोर्डले सर्वाधिक कमाई गर्ने २५ वटा चलचित्र निर्मातालाई सम्मान गर्न लागेको हो ।
बोर्ड स्थापना भएको मितिदेखि गत जेठ मसान्तसम्म रिलिज भएको चलचित्रलाई पुरस्कृत गरिने बोर्डले जनाएको छ । त्यसका लागि बोर्डले आगामी सात दिनभित्र स्वदेशी चलचित्र निर्माण कम्पनी वा वितरकलाई आवश्यक कागजात पेश गर्न आह्वान गरेको छ ।
बोर्डका अन…