नारायण खतिवडाले ल्याए ‘स्वार्थी संसार’
संगीतकार नारायण खतिवडाको शब्द सिर्जना रहेको गीत ‘स्वार्थी संसार’ बोलको गीत बजारमा आएको छ ।
डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको उक्त गीतमा वरिष्ठ संगीतकार लक्ष्मण शेषको संगीत सिर्जना एवं मधुर स्वरका धनी स्वरुपराज आचार्यको आवाज रहेको छ । लामो समयपछिको अन्तरालमा वरिष्ठ संगीतकार लक्ष्मण शेष यो गीतमार्फत पुनरागमन भएका हुन् ।
‘स्वार्थी संसार’ गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबमा र विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो प्लेटफर्म…