एउटैलाई काखी च्याप्नु पर्ने हो र !
-सोविता गौतम, सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
च्छोरोल्पा मिडिया चलाउँदै, दुःख–अप्ठेरोमा परेका चेलीबेटीका मुद्दामामिला बोकेर हिँड्दाहिँड्दै दोलखा, भीरकोटकी सोविता गौतम प्रतिनिधिसभामा काठमाडौं– २ बाट चुनाव जितेर देशकै कान्छी सांसद भएकी छन् । २७ वर्षको उमेर पुगेकी उनी सांसद नभएकी भए लण्डनमा स्नातकोत्तर अध्ययनका निम्ति जाने सोचाइमा थिइन् । त्यसका लागि छात्रवृत्तिको आवेदन भरेर नतिजाको पर्खाई थियो । राजनीति नै गर्छु भनेर चुनावअघि खासै तम्सिएकी होइनन् । मा…