समाचार

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक शुरु

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको दोस्रो पूर्णबैठक राजधानीमा शुरु भएको छ । ललितपुरको सानेपामा केही ढिलो शुरु भएको बैठकलाई सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्नुभएको छ । बैठक शुभारम्भ गर्नुअघि पार्टीका केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गरेका छन् । अब पार्टीको केन्द्रीय समिति ३ सय ३५ सदस्यीय बनेको छ । सदस्यहरुलाई शपथ गराएपछि अध्यक्ष माधवकुमार नेपालले मन्तव्यसहित उद्घाटन गर्नुभएको हो । बैठक भोलिसम्म जारी रहने बताइएको छ ।

Page 1014 of 1076