सक्नु छैन साथको पैसा, अझै तान्ने सुर
आफूसँग भएको पैसा खर्च गर्न नसक्ने, बीचमा नेताले केही घोषणा ग¥यो कि थप पैसा मागिहाल्ने ! के यो सुहाउँदो कुरा हो ?
भूकम्प पुनर्निर्माण प्राधिकरणसँग पहिल्यै ८३ अर्ब रुपैयाँ रहेकोमा पछि ५६ अर्ब थपेर एक खर्ब ३९ अर्ब रहन पुगेको छ । त्यही पैसा खर्च भइसकेको छैन । यसमध्येबाट भूकम्पमा घर भत्किएकालाई ५० हजारका दरले साढे चार लाख घर परिवारको निम्ति केही पैसा बाँडियो ।
प्रचण्डले फेरि एक लाख थपिदिन्छु भन्नासाथ थप ७५ अर्ब माग भएको छ । आफूसँग भएको पैसा खर्च नगर्ने, थप रकम मागिरहने गर्…