कमरेडहरूको खर्च कति ?
आगामी चुनावमार्फत सबभन्दा ठूलो पार्टी बन्न आतुर एमालेको वार्षिक आम्दानी–खर्च कति होला ? १२ करोड ८८ लाख बराबरको बचत सम्पत्तिवाला सो पार्टीले गत आर्थिक वर्ष ७ करोड ५४ लाख ४१ हजार आफ्नो कोषमा दाखिला गरेको रहेछ ।
जसमध्ये खर्च भयो– ४ करोड ९९ लाख, बच्यो दुई करोड ५५ लाख । पार्टी सदस्यहरूबाट उठ्ने लेभी शुल्क र चन्दा सहयोग (व्यक्तिगत २८ लाख ७५ हजार र संस्थागत ५५ लाख) रहेछ । प्रकाशनबाट ४१ लाख ६० हजार नगद संकलन गरेको सो पार्टीले भूकम्पबाट क्षतिग्रस्त बल्खु मुख्यालयको थोत्रा फर्…