प्रचण्ड भेटेपछि उत्साहित हुँदै बाबुरामले भन्नुभयो - बाहिरका हल्लामा नबगौं
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चा गठनका विषयमा बाहिर चलेका हल्लामा विश्वास नगर्न आग्रह गर्नुभएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि उहाँको यस्तो प्रतिक्रिया आएको हो ।
यसअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो शक्तिलाई उपेक्षा गरेकाले समाजवादी मोर्चा गठनमा बाबुराम सन्तुष्ट नरहेको ब्यापक चर्चा थियो । उहाँले पनि गृहजिल्ला गोर्खा पुगेर आफ्नो शक्ति विस्तारका लागि संगठन निर्माणमा जुट्ने घोषणा गर्नुभएको थिय…