ताप्लेजुङमा बाढीको बितण्डा, भर्खरै बनाइएको पुल बग्यो
ताप्लेजुङमा बाढीको प्रकोपले ठूलो भौतिक क्षति भएको छ । अस्तिदेखि परेको लगातार वर्षाका कारण काबेली नदीमा आएको बाढीले सिदिङवा र सिरिजङ्गा गाउँपालिकाका विभिन्न भौतिक संरचनामा क्षति पुगेको बताइएको छ ।
सिरिजङ्गाको याम्फुदिन र खेवाङ तथा सिदिङ्वाको सुरुम्खिम क्षेत्रमा अविरल वर्षाले घरसहित विभिन्न पूर्वाधारमा नोक्सानी पुर्याएको छ । काबेली खोलामा आएको बाढीका कारण याम्फुदिनका जगतबहादुर राई र तारामान गुरुङ घरविहीन भएका छन् ।
स्थानीय मनकुमार राईका अनुसार ८ किलोव…