भूम्या पूजाको दिन लुम्बिनीका दुई जिल्लामा सार्वजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले भूम्या पूजाको अवसरमा दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले रोल्पा र रुकुम पूर्वमा मनाइने यस पर्वको उपलक्ष्यमा ति दुई जिल्लामा सार्वजनिक बिदा दिएको हो । मन्त्रालयले आज सूचना जारी गर्दै प्रदेश सरकार, मन्त्रिपरिषद्को गत चैत १७ गतेको निर्णयानुसार बिदा दिइएको जानकारी गराएको छ ।
‘भूम्या पूजाको अवसरमा रोल्पा र रुकुम पूर्व जिल्लाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिने निर्णय भएकोमा…