माधव नेपाललाई भेट्न क्रियापुत्री भवनमा केपी ओली
एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ । आज दिउँसो उहाँहरुबीच भेट भएको बताइएको छ ।
भाइको निधनको शोकमा रहनुभएका नेपाल र उहाँको परिवारलाई भेटेर समवेदना दिन ओली क्रियापुत्री भवनमा पुग्नुभएको हो । सहोदर भाइ सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा हुनुहुन्थ्यो । त्यहिँ दुई अध्यक्षले कुराकानी गर्नुभएको हो । गत शनिबार शंखमुलको एक रेष्टुरेन्टको छैठौँ तलाबाट खसेर उपाध्यायको निधन भएको थियो ।
…