एउटा मुद्दाले पूर्वमाओवादीहरु फेरि एकै ठाउँ
पूर्वमाओवादी नेताहरु आज बिहान पुनः भेटघाटमा जुटेका छन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुध्द सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि उनीहरु दोस्रो पटक बालुवाटारमा जुटेका हुन् । प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसेको बैठकमा माओवादी विचारधाराका अधिकांश नेताको सहभागिता छ ।
बालुवाटार स्रोतका अनुसार बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई,नेपाल क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल,ने.क.पा माओवादीका प्रवक्ता खड्ग…