राज्य विभेदकारी बन्न मिल्छ प्रधानमन्त्रीज्यू ?
शुक्रबार नयाँ वर्षको पहिलो दिन । काठमाण्डूमा एकातिर रमझम थियो, अर्कातिर भक्तपुरको श्री सरस्वती इँटाभट्टामा धमाधम काम भइरहेको थियो । त्यो दिन देशमा जे भइरहेको थियो, इँटाभट्टामा त्यो थिएन । मालिकले ‘नयाँ वर्षको दिन बिदा मनाऊ’ भन्दा पनि मजदुरहरू काममै फर्किएका थिए । किनकि उनीहरूलाई उत्सव मनाउन बिदा होइन, दैनिकी चलाउन रूपैयाँ चाहिएको थियो । रोल्पाका ‘रक्तिम–मजदुर’ बमबहादुर रोका तीन वर्षदेखि भक्तपुरको श्री सरस्वती इँटाभट्टामा काम गर्दैछन् । एका…