हरिलाई पद, चोलेन्द्रलाई पेन्सन
लामो समयको माथापच्चीपछि देशले प्रधानन्यायाधीशमात्रै पाउने भएन, ‘न पेन्सन, न महाअभियोग’ को स्थितिमा रहेका चोलेन्द्रसमशेर राणालाई पनि त्राण मिलेको छ ।
सोमबार साँझ बसेको संवैधानिक परिषद्ले हरिकृष्ण कार्कीको कामु झिक्ने निर्णय गर्दा चोलेन्द्रले पनि सँगसँगै राहत पाएका हुन् । न्यायपरिषद्ले गत असोजमा चोलेन्द्रको अवकाश हुनासाथ नियमतः तीन जनामध्ये एकजनालाई प्रधानन्यायाधीश नियुक्तिका लागि चिठी लेखेको थियो । उक्त चिठीमा ‘सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रसमशेर…