कृष्णकुमारीबाट सबैले सिक्नुपर्ने कथा
निरन्तर बहावले ठुल्ठूला चट्टानसमेत खिइन्छन् । निरन्तर लगाव, कर्मप्रतिको झुकाव, सकारात्मक चिन्तन लिएर अघि बढ्ने हो भने जीवनमा एकपछि अर्काे सफलता मिल्दै जान्छ । यसकै उदाहरण हुन् कृष्णकुमारी श्रेष्ठ । गत शुक्रवार मात्र उपसचिव तहका ५ कर्मचारी सहसचिवमा उक्लिएमध्ये उनी पनि थिइन् ।
प्रशासन सेवातर्फ खुलाबाट कृष्णकुमारी श्रेष्ठ र कृष्ण पौडेल, महिला कोटामा कविता रेग्मी, मधेसी कोटाबाट श्रीराम ठाकुर नियुक्तिका लागि सिफारिस हुँदा न्याय सेवा, कानुन समूहबाट लीलाधर सुवेदी परेका छन् । लोकसेवा …