जब निरीह भँवरीमाथि उच्च जाति जाइलागे
भारतको उत्तरी राज्य राजस्थान यति ठूलो छ कि यसले त्यहाँको कूल क्षेत्रफलको १० दशमलव ४ प्रतिशत भूमि ओगटेको छ अर्थात् यो नेपालभन्दा झण्डै साढे दुई गुणा ठूलो छ । भँवरीदेवी सोही राज्यअन्तर्गतको सानोगाउँ भतेरीमा जन्मेकी हुन् । पेशाले कुम्हाले उनको परिवार अत्यन्त गरिब र अनपढ थियो । पिता ज्यालादारीको काममा पनि जान्थे । गाउँका अधिकांश मान्छे गुजर जातिका थिए । घुमन्ते थिए । भारतको विभिन्न स्थानबाट आएका यिनीहरूले मध्ययुगको राजस्थानमा राज्यसमेत सञ्चालन गरेका थिए । गुजरहरूले आफूलाई कुम्हा…