प्रचण्ड कमरेडको शायद त्यो अन्तिम रुवाइ
मान्छेको आँखाबाट आँशु त्यसै खस्दैन । जब कुनै कुराले हृदयमा छुन्छ, तब आँखा नदी बन्छ । संसारका जतिसुकै कठोर शासकहरू पनि जीवनमा एक पटक रुन्छन्, चाहे त्यो भावनामा बगेर होस् वा अनायासै !
सोचौँ, १० वर्षे जनयुद्धको नेतृत्व गरेर सिंगै देश तरंगित पार्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जीवनमा कति पटक रोए होलान् ? कहिले–कहिले रोए होलान् ?
यो प्रश्नको सामान्य जवाफ हुन सक्छ, छोरो प्रकाश दाहाल (०७४ मंसिर ३) र पत्नी सीता दाहाल (०८० असार २७)को निधनमा । …