सशस्त्रका इन्स्पेक्टरले बिगारेको मेरो घरसंसार
समाजमा शान्ति र अमनचयन कायम गर्नुपर्ने र बेइमानी गर्नेहरूलाई लाठी बजार्नुपर्ने प्रहरी आफैं नियम कानुन भत्काउँदै हिँड्छन् । अरुका छोरी, चेली, बुहारीमाथि आँखा मात्र लगाउँदैनन्, तिनलाई मीठा–मीठा सपना देखाएर अतृप्त कुण्ठा पूरा गर्छन् । यस्तै एकजना बैरी इन्स्पेक्टरको आँखा लाग्दा २० औं वर्षदेखिको घरबार क्षणभरमै भत्कन पुगेको छ ।
२३ वर्षअगाडि बाँधिएको हुँ विवाह बन्धनमा । प्रेम विवाह थियो हाम्रो । विवाह गर्दा मेरो उमेर १९, उनको १६ । सुखसँगै दौडिरहेको थियो जीवनको रीत । साथमा…