राजा ज्ञानेन्द्रले नै थालेको होइन र विज्ञ टिप्ने अभ्यास ?
रवीन्द्र मिश्रको पलायनसँगै निराश भएका वैकल्पिक राजनीतिका वकालतकर्ताहरू नयाँ राजनीतिक शक्तिको उदयसँगै हौसिएका छन् । पार्टी गठनको चार महिनामै रवि लामिछानेहरूले आर्जन गरेको अप्रत्याशित लाभ र तराई–मधेसमा नागरिक उन्मुक्ति र जनमत पार्टीको जबर्जस्त उपस्थितिले राजनीतिमा ‘नयाँ’ र ‘पुरानो’ को बहस पुनः मुखरित भएको छ । खासगरी राज्य सञ्चालनको महत्वपूर्ण भूमिकामा पुग्नेहरू सम्बन्धित विषयको विज्ञ हुनुपर्ने बहसले युवा पुस्ता बढ्ता आकर्षित देखिन्छ । राष्ट्रिय स्वतन्…