सबैखाले ज्यान, अचुक अस्त्र रहेछ ध्यान
– मेनुका शाही
विपश्यना जानेबारेमा सोच्दासोच्दै धेरै वर्ष बितेर गए । कहिले के नमिल्ने, कहिले के, मुख्य त मिलाउन गाह्रो समय नै थियो । आउने–जाने दुई दिन र दश दिन शिविर गरी १२ दिनको समय (अप्रिल १ देखि १२) छुट्याएँ ।
आठ महिनाअघि जमलको ज्योति भवनमा फर्म भर्नुअघि अनुशासनसंहिता पढ्न दिइएको थियो । जसमा बिहान ४ः३० देखि राति ९ः३० बजेसम्मको ध्यान तालिकासाथ ४ बजे उठ्नुपर्ने, दिउँसो १२ बजेपछि खान र श्रृङ्गार गर्न नहुने, आरामदायी बिछ्यौना प्रयोग गर्न नहुने, आफूले ल…