जिउँदालाई नछाड्नेले मरेकालाई के राख्थे बाँकी
‘जिउँदो हुँदा सताउने, मरेपछि घरपरिवारलाई कन्याउने को हो ?’ गाउँखाने कथाको सही उत्तर हो, वैदेशिक रोजगार कार्यालयको बिमा शाखामा कार्यरत पशुपति अधिकारी । स्थानीय बिचौलियासँग मिलेर वैदेशिक रोजगारीमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई दिनुपर्ने बिमा रकममा घोटाला गरेको पोल खुलेपछि यो गाउँ खाने कथा जन्मिएको हो ।
अधिकारीले विदेशमा ज्यान गुमाउने नेपाली कामदारको परिवारसँग २० देखि २५ हजार रूपैयाँ काम गरिदिएबापत घुसका रूपमा असुल्दै आएका थिए । वैदेशिक रोजग…