टिकटक बन्द गराउन युवराजले हाले उजुरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध बारम्बार मुद्दा हालेर चर्चामा आएका नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले टिकटकमा रोक लगाउन माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दर्ता गराएका छन् ।
छोटो भिडियो र मनोरञ्जनका लागि चर्चित एप टिकटकको प्रयोगले मुलुकमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लिलता, अपराध बढाएको जिकिर गर्दै उनले आज सञ्चारमन्त्री रेखा शर्माको निजी सचिवालयमा निवेदन दिएकी हुन् । नेपालमा सञ्चालनका लागि अनुमति नलिए…