दिनेश रायमाझी

पूर्वराजाले किन होला पछुताउनु परेको ?

जनताको त के कुरा भयो र १ ‘टेकन फर ग्राण्टेड’ भनेजस्तै छ जनताको अवस्था । जनतालाई मनको कुरा भने पनि, जनतासँग संवाद भने पनि वा जनतासँग वार्ता भने पनि ती सबै एकतर्फा हुनेछन् । जनताले एकोहोरो तिनको मात्रै कुरा सुन्ने हो । जनता त्यस्ता कुरा पनि सुन्न अभिसप्त भए जुन कुरा न तिनको कल्पनामा थियो न ती कुरा जनताको दिमागमै थियो । यस्तो सपनामा समेत देख्न सम्भव नभएको र पूरा हुन सक्दैनसक्ने कुरा पनि जनतालाई दिन्छु भनियो । तुइनको समेत व्यवस्था नभएको देशमा, भत्किएको राजम…