सेना परिचालनमा हतारो किन ?
सेनालाई राष्ट्रिय सुरक्षा परिषद्ले सामान्यतः चुनाव हुनु एक महिना अघिदेखि मात्रै परिचालन गर्ने चलन थियो । तर यसपटक तीन महिना अगावै खटाउने निर्णय भएको छ । यही निर्णयका कारण सुरक्षासम्बन्धी राम्रै बहसको सुरुवात भएको छ । एकथरी अतिवादीले यसबीच बम बिष्फोट लगायतका आतंककारी क्रियाकलाप भए वा गरिए सेनाले पनि केही गर्न सकेन भन्ने भाष्य खडा गर्दै अन्तिम भरोशा गर्ने संस्थालाई पनि विवादमा ल्याउन सक्छ ।
भाद्र २३ र २४ गते सुरक्षाको जिम्मेवारी लिई बसेको सिंहदरबार, शीतल निवासलगायतका ठाउ…