सेनाले जागिर छाड्ने, जर्नेलले थाहै नपाउने
नेपाली सेनामा जागिर छाड्नेहरूको ओइरो लागेको छ । सैनिक सेवा नियमावली २०६९ बमोजिम २०६० वैशाख २८ भन्दाअगाडि भर्ना हुने २८ सैनिकले गत जेठदेखि यता जागिर छाडेका छन् । त्यस्तै, सैनिक सेवा (तेस्रो संशोधन) नियमावली बमोजिम भर्ना भएका ५९२ सैनिकले स्वैच्छिक अवकाश लिएका छन् ।
यता, उत्पदानतर्फका ३८ र राजीनामातर्फका एक जनाले पेन्सन अवधि नपुग्दै जागिर छाडेको सैनिक अभिलेखालयको विवरणले देखाउँछ । बीचैमा जागिर छोड्नेमध्ये अधिकांश सुबेदार, प्रमुख सुबेदार, जमदार, प्यूठ, हु…