राष्ट्र बैंकले लाखौं दण्ड तिराउने, गभर्नरले ढ्याप्प धाप मार्ने
राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको पहलमा गठित बैंकिंग क्षेत्र सुधार सुझाव कार्यदल विवादमा परेको छ ।
यसअघि केन्द्रीय बैंकद्वारा कारबाहीस्वरुप ३५ लाख रुपैयाँ तिराइएका सानिमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिईओ) भुवन दाहाललाई कार्यदलको सदस्य बनाइएकोमा बैंकका केही कार्यकारी निर्देशक,निर्देशक र नियमन तथा सुपरीवेक्षण विभागमा लामो समयदेखि बस्दै आएका कर्मचारीले आश्चर्य प्रकट गरेका छन् ।
बैंकको स्थलगत निरीक्षण टोलीले दाहालले सिईओ हुँदा सानिमा बैंकबाट…