निर्वाचन आयोग

सरकारको निर्णयविरुद्ध निर्वाचन आयोगमा सर्वदलीय बैठक

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजीलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक राखेको छ । बैठक अहिले बिहान साढे ११ बजे राखिएको बताइएको छ । सरकारले जेठ १५ गते घोषणा गरेको आगामी आर्थिक वर्षको बजेटमा संविधानविपरीत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेपछि आयोग असन्तुष्ट छ । सोही विषयमा छलफल गर्न संसद्भित्र र बाहिरका सबै दललाई बोलाइएको बताइएको छ ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कार्यालय खारेजीलगायत निर्वाचन कानुनको विधेयक, स्थानीय त…