आएकै हुन् त पारिबाट ‘आतंकवादी ?’
प्रयोजन खुलेको छैन, तर विभिन्न नाकाबाट भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा छिरेका छि¥यै छन् । भारतले खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह नेपालमा लुकेको भन्दै उनलाई नियन्त्रणमा लिन आग्रह गरिरहेको छ । नेपाल प्रहरीलाई यसबारे कसैले औपचारिक पत्र लेखेको छैन ।
तर, प्रहरीले नाका–नाकामा उच्च सतर्कताका साथ निगरानी गरिरहेकै बेला भारतीय सुरक्षाकर्मी नेपाल भित्रिरहेका छन् । चैत १० गते नेपालगञ्जको जमुनाहा नाका हुँदै अम्मल चौधरी र नितेशकुमार नामक दुई भारतीय सुर…