उमेरले आधा कान्छी युवतीलाई छाप्रोमा लगेर करणी
२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका–११ धुलाबारी बिचार्नीका ४१ वर्षीय चोलाराज भुजेललाई प्रहरीले बलात्कारको अभियोगमा गयराति समातेको हो ।
गत आइतबार ती युवतीलाई कन्काई नगरपालिका–४, कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगेर करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा भुजेललाई खोज्दै निस्किएको टोलीले हिजो राति नियन्त्…