पक्राउ पुर्जी कागजको खोस्टोमा परिणत
नयाँबानेश्वरस्थित दि होटल एभरेष्टलाई पर्यटन विभागदेखि होटल/क्यासिनो हेर्ने जिम्मेवारीप्राप्त महाशाखाहरूले बारम्बार मौखिक/लिखित ताकेता गर्दा पनि यसका मालिक मसकुर अहमद लारीले वर्षौंदेखि १७ करोड राजश्व बुझाएनन् । पर्यटन मन्त्रालय श्रोतले उक्त होटल नवीकरण नभएको र राजश्व पनि नतिरेकाले अहिले तारे नभई सामान्य होटलका रूपमा सञ्चालनमा रहेको हुन सक्ने बताएको छ ।
कानुन र मापदण्ड उल्लंघन गर्दैै सञ्चालित होटल एभरेष्टमा अधिकांश उच्च तहका कर्मचारी भारतीय छन् । महाप्रबन्धक, हाउस किपर, …