राहदानी छिटो बनाइदिने बहानामा जिल्ला जिल्लामा ठगी
सर्वसाधारणलाई राहदानी छिटो बनाइदिने बहानामा ठग्ने क्रम बढेको छ । त्यस्तो प्रलोभनमा रकम लिई ठगी गरेको आरोपमा प्रहरीले एउटा गिरोहलाई वीरगञ्जमा पक्रेको हो ।
पक्राउ परेकामा वीरगञ्ज नगरपालिका ९ का २६ वर्षीय सद्दाम हुसेन, २४ वर्षका चन्दन यादव, ३० वर्षीय प्रदिप साह, वडा नम्बर २४ का २२ वर्षीय संजित गुप्ता र वडा नम्बर १० का ३८ वर्षका फैयाज आलम हुन् ।
पक्राउ परेका सद्दाम हुसेनले जिल्ला प्रशासन कार्यालय अगाडिको फ्रेस फोटो स्टुडियो सञ्चालन गर्दै आएका छन् । उनले छ दिनभित्र राहदानी मगाइदिने आ…