भन्सार छलिएको १२ लाखको कपडा बरामद, ल्याउने फरार
सशस्त्र प्रहरी बल नेपालले १२ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ । सिरहाको प्रमुख व्यापारिक नाका लाहानबाट आज बिहान ती कपडा बरामद गरिएको सशस्त्रको नम्बर ७ हेडक्वार्टरले जनाएको छ ।
हेडक्वार्टरका अनुसार सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस क्याम्प, लहानका सहायक प्रहरी नायव उपरीक्षक प्रमोदप्रसाद पाठकको कमाण्डमा खटिएको नौ जना र प्रस्तावित सीमा सुरक्षा गुल्म ईनर्वाबाट खटिएको दुई जनाको संयुक्त टोलीले भन्सार छलेर ल्याइएको कपडा नियन्त्रणमा लिएको हो ।
भारतबाट ने…