प्रधानमन्त्रीको सल्लाहकार नियुक्त नहुँदै राष्ट्र बैंकमा हस्तक्षेप,मौद्रिक नीति रोकियो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्न लागे पनि अन्तिम क्षणमा रोकिएको छ ।हिजो बिहानदेखि बसेको बैंक व्यवस्थापन समितिको बैठकबाट पारित गरेर आज बिहान सञ्चालक समितिले अनुमोदनपछि दिउँसो सार्वजनिक गर्न लागिएको मौद्रिक नीति प्रधानमन्त्री केपी शर्मा ओलीको हिजो साँझ नियुक्त विकास सल्लाहकारका कारण रोकिएको बताइन्छ ।
बैंक उच्च स्रोतका अनुसार सल्लाहकार डा. युवराज खतिवडाले गभर्नर महाप्रसाद अधिकारीलाई दिउँसो साढे ३ बजे धुम्बाराहीस्थित निवासमा डाकेर म…