निजी क्षेत्रको चासोप्रति अर्थमन्त्रीको टिप्पणी- गुनासोबाट बाहिर निस्कनुस्
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई सधैं गुनासोमात्र नगर्न सुझाव दिनुभएको छ ।
सरकार निजि क्षेत्रको समस्या समाधान गर्न तयार रहेको स्पष्ट पार्दै उहाँले गुनासोबाट बाहिर निस्कन निस्कन सुझाउनु भएको हो । अर्थमन्त्रीले गुनासो मात्रै नभइ समाधान खोज्न पनि निजि क्षेत्रलाई सम्झाउनुभयो ।
‘अब निजी क्षेत्रले गुनासोबाट बाहिर निस्किनुपर्छ । म आग्रह गर्न चाहन्छु- सरकारले सुन्दैन थियो भने, यहाँहरुका समस्यालाई सम्बोधन गर्नका निम्ति तयार हुँदैन थियो भने …