आर्थिक सुधारको उपाय खोज्ने जिम्मा पाँच जनालाई, शेयर तथा ऋण लगानी नीति स्वीकृत
मुलुकको समग्र अर्थतन्त्र सुधारका गर्ने उद्धेश्यले आर्थिक सुधार सुझाव आयोग गठन गरिएको छ । सरकारले पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।
हिजोको क्याविनेट बैठकको निर्णयमुताबिक गठित समितिलाई अर्थतन्त्र सुधारका लागि अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।
त्यस्तै, थप ५७ वटा नयाँ हिमाल आरोहणका लागि खुला गर्ने निर्णय पनि क्याविनेट बैठकले गरेको छ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संस्कृति, पर्यटन तथा न…