प्रभुका ग्राहकलाई सौभाग्य हस्पिटलमा १५ प्रतिशत छुट
प्रभु बैंकका ग्राहकले सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरको ओपिडी परीक्षण सेवामा १५ प्रतिशत छुट पाउने छन् । आफ्ना ग्राहकको स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले प्रभु र धनगढीको कैलालीस्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरबीच समझदारी भएपछि उक्त छुट उपलब्ध गराउन लागिएको बताइएको छ ।
बैंकको धनगढीस्थित शाखा कार्यालयका प्रमुख नगेन्द्ररत्न कोइराला र हस्पिटलका अध्यक्ष दिनेशराज जैसीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । जसअनुसार बैंकका ग्राहकले हस्पिटलद्वारा सञ्चालित ओपिडी परीक्षण सेवामा १५…