बैंकको ज्यादती रोक्न माग गर्दै सडकमा व्यवसायी
बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदरको विरोधमा उद्योग व्यवसायीले पुनः सडक आन्दोलन थालेका छन् । बैंकहरुको आतंक बन्द गर्न माग गर्दै देशभरका उद्योगीले राजधानीको माइतीघर मण्डलामा आन्दोलन गरेका हुन् ।
सरकारले आफूहरुको माग सम्बोधन गर्न चासो नदेखाएपछि पटकपटक सडकमा उत्रिनुपरेको उनीहरुको गुनासो छ । ‘बैंक तथा वित्तिय समस्या समाधानार्थ विरोध कार्यक्रम’ लेखिएको ब्यानर सडकमा बिच्छाएर गरिएको आन्दोलनमा झण्डै पाँच दर्जनको उपस्थिति रहेको छ ।
आन्दोलन…