विषाक्त राजनीतिभित्र अल्मलिएका मान्छेहरू
– तीर्थ सिग्देल
हल्ला पनि कहिलेकाहीँ बलवान हुँदा रहेछन् । आजकल धेरै अभियन्ताका नाममा अनेक तर्क गरेको सुनिन्छ । तिनीहरूले गरेका तर्कहरूको फ्याक्ट चेक गरिँदैन । मान्छेहरू यसै त्यस्ता कुरा पत्याउँछन् र बेतुकका तर्क गर्छन् । कुनै पनि सामाजिक, आर्थिक विषय सतहमा आउँछ, तब हामी अलग–अलग कित्तामा बाँडिन्छौं र गाली गलौजमा उत्रिहाल्छौं, हल्लै हल्लाको भरमा । त्यही भएर सायद यो हल्लै हल्लाको देश हो भनेर भूपि शेरचनले उहीबेला भनेको हुनुपर्छ ।
राजनीतिप्रति वितृष्णा छ । …