बिके अप्रेशन, बन्दीपुर मोर्चा र म
हाम्रा विगतका वीरता अर्धमुर्छित सुतिरहेका छन् । कहिलेकाहीँ बाचाल उभिएर अनुभवको तख्ता पल्टायो, तिनीहरू जागृत हुन्छन् । घरी तिनै जिउमा काँडा उमार्छन् र घरी तिनै काँडाले मुटु घोचेजसरी घाइते बनाउँछन् । अनि एक झमक खुशीमा रमायो, एक झमक वैराग्य रोप्यो..बस् । पुराना छालसँगै पर…परसम्म तैरने यो लतको नशाको आनन्द अर्कैै छ । त्यसपछि पुनः फर्कियो महिनौंको यो लकडाउनको जिन्दगीभित्र ।
थ्यांक यू कोरोना !
ऊर्जाशील उमेरको कफनकारी जिन्दगीको गणित केलाउँछु । ३६५ दिनकै फरक–फरक अनुभूति ज…