यति हेरे त पुगिहाल्छ
रामकुमार एलन
कार्ल माक्र्सले भनेका थिए, ‘इतिहास आफैँ पुनरावृत्ति भइरहन्छ, पहिलो वियोगान्त र दोस्रो कमेडीका रूपमा ।’ भोगिरहेको राजनीतिक परिदृश्य त्यस्तै छ । मुलुकमा परिवर्तनको गाडा गुडाउनेहरू इतिहास पुनरावृत्ति हुने डरले बेलाबखत यस्तै तर्कना गरेर नागरिकमा भ्रमको बीउ छर्दै राजनीतिक बारी उर्वर पार्न लालायित देखिन्छन् । त्यो बारीमा फल्ने फसल चैँ सत्ययुगको समुन्द्र मन्थनमा सहभागी भए पनि अमृत खाने अधिकार प्राप्त नभएका राक्षस झैँ गणतन्त्रकामीहरूलाई छैन । नेता र उनीहरू…