सकियो त अब सबथोक ?
संसदीय सार्वभौमिकता र न्यायिक सर्वोच्चता आधुनिक संसदीय व्यवस्थाका प्रमुख धरोहर हुन् । आइतबार सर्वोच्च अदालतले लोकमानसिंह कार्कीबारे गरेको निर्णयले यो मान्यतालाई बलियो बनाएको छ तर अदालतले फैसला सुनाइसकेको हुँदा अब संसद्ले कार्कीविरुद्ध महाअभियोगमा थप छलफल गरिरहनु नपर्ने तर्कसमेत कतिपय सांसदबाटै सुनिन थालेको छ ।
यसले फेरि एउटा अनावश्यक विवादमा हाम्रो महत्वपूर्ण समय खर्च हुने सम्भावना बढ्दै छ । सामान्य रूपले हेर्ने हो भने अदालतले आफ्नो काम फत्ते ग¥यो । संसद्मा उठेको विषय लो…